Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोनलको पक्षमा रहेको जनमतलाई तानेर मुख्यमन्त्रीमा यादवको दावी पेश

सोनलको पक्षमा रहेको जनमतलाई तानेर मुख्यमन्त्रीमा यादवको दावी पेश

बुधवार , आश्विन २९, २०८२

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि दावी पेश गरेका छन् ।

५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष दावी पेश गरेका हुन्।

यादवले ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि यादवले दाबी पेस गरेका हुन् ।

उनले नेपाली कांग्रेसका २२, नेकपा एमालेका २५ र जनमतका १३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

यसअघि आजै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनाल पनि दाबी पेस गरेका थिए र सोनलले ५७ सांसदको हस्ताक्षर रहेको दाबी पेस गरेका थिए ।

उनले जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९र९, नेकपा एकीकृत समाजवादीको ७ सहित ५७ सांसदको हस्ताक्षर बुझाएका थिए ।

तर, जनमत एकाएक नेपाली कांग्रेसतिर ढल्किएपछि उनको मुख्यमन्त्री बन्ने सपना अधुरै रहने देखिएको छ ।
१०७ सदस्य रहेको मधेब प्रदेश सभामा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ ।

जनमत कांग्रेसतिर लाग्दा सोनलको दावी नपुग्ने देखिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077