Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशका मुख्यमन्त्रीले गरे प्रधानमन्त्रीको बालेनको प्रशंसा, भने - प्रधानन्यायाधीश सिफारिस ठिक लाग्यो

मधेशका मुख्यमन्त्रीले गरे प्रधानमन्त्रीको बालेनको प्रशंसा, भने - प्रधानन्यायाधीश सिफारिस ठिक लाग्यो

शनिवार , बैशाख २६, २०८३

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रधानमन्त्री बालेन्द्र शाहको प्रशंसा गर्दै प्रधानन्यायाधीश सिफारिसमा ‘क्षमता र योग्यतालाई प्राथमिकता’ दिइएको बताएका छन् ।

कानुन दिवसका अवसरमा शनिबार जनकपुरधाममा आयोजित न्यायिक महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले परम्परागत वरीयता प्रणालीभन्दा माथि उठेर गरिएको निर्णय देशका लागि सकारात्मक हुने दाबी गरे ।

उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा गरिएको सिफारिसलाई नयाँ सोच र साहसिक कदमको रूपमा व्याख्या गरे ।

‘वर्षौंदेखि चलिआएको प्रथालाई तोड्दै प्रधानमन्त्री बालेनले गरेको सिफारिसले देशका लागि नयाँ आयाम थप्नेछ,’ यादवले भने, ‘यो निर्णय भविष्यका लागि पनि सौभाग्यपूर्ण साबित हुन सक्छ ।’

मुख्यमन्त्री यादवले न्यायालयमा कार्यपालिकाको प्रभाव हुन नहुनेमा पनि जोड दिए । उनले कानुन कार्यान्वयनको प्रक्रियामा राजनीतिक हस्तक्षेप अस्वीकार्य रहेको बताए ।

उच्च अदालत जनकपुरअन्तर्गतका मधेश प्रदेशका आठवटै जिल्लाका इजलाशलाई निष्पक्ष र निर्भीक रूपमा फैसला सुनाउन आग्रह गर्दै उनले न्यायाधीशहरूलाई अपराधीलाई कारबाही र निर्दोषलाई संरक्षण गर्ने दायित्वप्रति सजग रहन आग्रह गरे ।

‘अपराधी उम्किनु हुँदैन, तर निर्दोषले सजाय पनि भोग्न नपरोस्,’ उनले भने ।

कानुन दिवसका अवसरमा आयोजित न्यायिक महोत्सवमा मधेश प्रदेशका आठवटै जिल्लाका न्यायाधीश, अदालतका कर्मचारी, कानुन व्यवसायी, सर्वसाधारण तथा कानुन संकायका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077