Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग आज प्रधानमन्त्रीको छलफल

तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग आज प्रधानमन्त्रीको छलफल

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले 'बालेन' नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।

छलफल आज बिहान ११:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ ।

भेटमा तयारी पोसाक उद्योगको वर्तमान अवस्था, उद्योगीहरूले भोगिरहेका समस्या, उत्पादन र निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना तथा उद्योग क्षेत्रको समग्र विकासका विषयमा छलफल हुने जनाइएको छ।

छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहले पछिल्ला दिनमा विभिन्न निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग नियमित संवाद गर्दै उनीहरूका समस्या, नीतिगत सुधारका सुझाव र समाधानका उपायबारे छलफल गरिरहेका छन्। 

प्राप्त सुझावका आधारमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै उद्योग तथा लगानीमैत्री वातावरण निर्माणमा सरकार केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि सोमबार पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री बालेनले नेपाल जुत्ता उत्पादक संघ, महिला उद्यमी महासंघ, होटल एसोसिएसन नेपाल (हान)का पदाधिकारी, ऊर्जा क्षेत्रका उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र उद्योगी तथा व्यवसायी छलफल गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077