काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बुधबार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक घटनाक्रम तथा राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी थिए । ।
प्रधानमन्त्री शाह र राप्रपा नेतृत्वबीच भएको भेटलाई पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा केन्द्रित छलफलका रूपमा हेरिएको छ।
यद्यपी बैठकका निर्णय वा निष्कर्षबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।