Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

नेपाल–यूएई संसदीय मैत्री समूहको संयोजकमा सांसद सुवेदी

नेपाल–यूएई संसदीय मैत्री समूहको संयोजकमा सांसद सुवेदी

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । प्रतिनिधिसभा सदस्य कमल सुवेदी नेपाल–संयुक्त अरब इमिरेट्स (यूएई) संसदीय मैत्री समूहको संयोजक चयन भएका छन् ।

संघीय संसद सचिवालयले संसदीय मैत्री समूहको कार्यविधि, २०८३ बमोजिम सुवेदीलाई नेपाल–यूएई संसदीय मैत्री समूहको संयोजक तोकेको हो ।

संसदीय कूटनीतिलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न मुलुकका संसदसँग संसदीय मैत्री समूह गठन गरिएको 
सचिवालयले जनाएको छ ।

यी समूहमार्फत नेपाल र सम्बन्धित मुलुकबीच संसदीय सम्बन्ध, अनुभव आदान–प्रदान, द्विपक्षीय सहयोग तथा आपसी समझदारीलाई थप सुदृढ बनाइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077