Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

पक्राउ पुर्जीपछि कांग्रेस सांसद शाहको प्रतिक्रिया – यो राजनीतिक प्रतिशोध हो, कानुनी लडाइँ लड्छु

पक्राउ पुर्जीपछि कांग्रेस सांसद शाहको प्रतिक्रिया – यो राजनीतिक प्रतिशोध हो, कानुनी लडाइँ लड्छु

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । कपिलवस्तु–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीलाई राजनीतिक प्रतिशोध र चरित्र हत्या गर्ने षड्यन्त्रको संज्ञा दिएका छन्।

उनले कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै न्यायालयप्रति आफूलाई पूर्ण विश्वास रहेको बताएका छन्।

जिल्ला अदालत कपिलवस्तुले बिहीबार कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको कुटपिट घटनामा अनुसन्धानका लागि शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद शाहले आफू निर्दोष रहेको दाबी गरे। उनले कसैलाई सहयोग गर्न जाँदा आफू राजनीतिक षड्यन्त्रको सिकार बनेको उल्लेख गरेका छन्।

“कसैलाई सहयोग गर्न, बचाउन जाँदाको प्रतिफल मैले पाएको छु। यो केवल राजनीतिक प्रतिशोध, चुनावी हारको पीडा, विपक्षीहरूको षड्यन्त्र र प्रशासनलाई समेत गुमराह बनाई मेरो चरित्र हत्या गर्ने प्रपञ्चबाहेक अरू केही होइन,” शाहले लेखेका छन्।

उनले नेपालको संविधान, कानुन र न्यायपालिकामाथि पूर्ण विश्वास रहेको उल्लेख गर्दै सत्य छिट्टै बाहिर आउने विश्वास व्यक्त गरेका छन्।

“खाएको विष लाग्ने हो, लाग्नु पनि पर्छ, तर नखाएको विष लाग्दैन। मलाई मेरो देशको संविधान, कानुन र सम्मानित न्यायालयप्रति पूर्ण विश्वास छ। केही दिनमै सत्यता बाहिर आउनेछ। कानुनले निर्वाध रूपमा आफ्नो काम गरोस्। म मेरो भागको कानुनी लडाइँ विधिसम्मत रूपमा लड्नेछु र कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्न तयार छु,” उनले भनेका छन्।

सांसद शाहले आफ्ना समर्थक, शुभेच्छुक तथा कार्यकर्तालाई संयम अपनाउन आग्रह गर्दै कुनै पनि कानुनविपरीत गतिविधिमा संलग्न नहुन अपिल गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077