Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

स्वदेश फर्किए उपराष्ट्रपति यादव

स्वदेश फर्किए उपराष्ट्रपति यादव

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव स्वदेश फर्किएका छन् ।

कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न मंगलबार त्यसतर्फ गएका उपराष्ट्रपति यादव बिहीबार स्वदेश फर्किएका हुन् ।

त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले उपराष्ट्रपति यादवलाई स्वागत गरे ।

कतार भ्रमणका क्रममा उनले कतार राज्यका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गरेका थिए ।

उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077