Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

डेढ महिनापछि संसद् छिरेका प्रधानमन्त्री बालेन आधा घण्टा नबित्दै ‘एक्सप्रेस वे’ मा बाहिर निस्किए !

डेढ महिनापछि संसद् छिरेका प्रधानमन्त्री बालेन आधा घण्टा नबित्दै ‘एक्सप्रेस वे’ मा बाहिर निस्किए !

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संसद्मा आधा घण्टा पनि नबसी हिँडेका छन्।

बिहान ११ बजे सुरु भएको बैठकमा दिउँसो १ बजेर ३७ मिनेटमा सभापति रवि लामिछानेसँगै संसद्‍मा प्रवेश गरेका उनी १ बजेर ५५ मिनेटमा हिँडेका हुन्।

उनी गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। त्यतिबेला सांसदसँगको प्रश्नोत्तरका क्रममा उनले ‘नेपाल पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए। 

त्यसलाई लिएर विपक्षी दलले विरोध जनाउँदै आएका छन्। प्रधानमन्त्री शाहले संसद्मा आएर त्यसबारे प्रस्टीकरण दिनुपर्ने माग गर्दै आएका थिए ।

तर, प्रधानमन्त्री शाह त्यसपछि संसद्मा आएका थिएनन्। 

सञ्चारमाध्यमका कार्यालयसहितमा सरकार संरक्षित मान्छेले गरेको गाडी तेर्स्याउने काम गरेको भन्दै सदन तातिरहँदा मंगलबार एक्कासि प्रवेश गरेका प्रधानमन्त्री शाह आधा घण्टा पनि नबसी ‘एक्सप्रेस वे’ मा संसद्‍बाट बाहिरिएका हुन् ।

यद्यपि, यसअघि ‘नेपाल पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसद्मा स्पष्टिकरण दिने अपेक्षा गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077