Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (मंगलबार) बस्दै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ४ बजे बैठक बोलाइएको हो।

सरकारका अनुसार बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका चार सदस्य नियुक्त गर्ने प्रस्तावमाथि निर्णय हुन सक्नेछ।

त्यस्तै, प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गर्ने विषय पनि मन्त्रिपरिषद्को एजेन्डामा पर्न सक्ने स्रोतले जनाएको छ।

स्रोतका अनुसार संसद् अधिवेशन अन्त्य गरेपछि करार सेवामा कार्यरत कर्मचारीसम्बन्धी व्यवस्था गर्न अध्यादेश ल्याउने तयारी सरकारले गरिरहेको छ। यद्यपि, यस विषयमा अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकबाट हुने जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077