काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक जारी छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिदेखि बसिरहेको हो ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त नियमित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ।
सरकारका नियमित प्रशासनिक तथा नीतिगत एजेन्डासँगै केही महत्त्वपूर्ण नीतिगत निर्णयसमेत हुन सक्ने जनाइएको छ।