Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कांग्रेसले भन्यो– अख्तियारलाई प्रधानमन्त्रीको आदेश पालक बनाउनु लोकतन्त्रको उपहास

कांग्रेसले भन्यो– अख्तियारलाई प्रधानमन्त्रीको आदेश पालक बनाउनु लोकतन्त्रको उपहास

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपप्रति आपत्ति जनाएको छ ।

बिहीबार बसिरहेको प्रतिनिधिसभा बैठकमा सुरुमै कांग्रेस लगायतका विपक्षी दलहरूले विरोध गरेका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेसका सांसदका सांसद खड्कबहादुर बुढालाई बोल्न दिएका थिए ।

सांसद बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बन्धक बनाएर राखेको भन्दै आपत्ति जनाएका हुन् । 

सांसद बुढाले भने- 'अख्तियारलाई प्रधानमन्त्री कार्यालयको आदेश पालक संस्था बनाउनु लोकतन्त्रको उपहास हो। प्रधानमन्त्रीले कुनै गलत काम गर्ने सोच राख्दा अख्तियार सम्झेर डराओस् ।'

यसअघि असार ५ गते बसेको बैठकमा पनि सांसद बुढाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अख्तियारमाथि दबाब दिने र हुकुम चलाउने व्यक्तिहरू को हुन् भन्दै सरकारसँग जवाफ माग गरेका थिए ।

केहीदिन अद्धि अख्तियार प्रमुख प्रेम राई र अख्तियारका तीनै जना आयुक्तहरू जयबहादुर चन्द, हरि पौडेल र सुमित्रा श्रेष्ठ अमात्य, अख्तियार सचिव र केही अनुसन्धान अधिकृतहरूलाई प्रधानमन्त्री कार्यालय डाकिएको थियो।

त्यसपछि प्रधानमन्त्रीको टिमले अख्तियारको टिमलाई इ–पासपोर्ट प्रकरणमा कारबाही प्रक्रिया अघि नबढाई र पक्राउ पुर्जी जारी नगरी आज तिमीहरू यहाँबाट जान पाउँदैनौ भनेर थर्काएका थिए।

यद्यपी  प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले रास्वपाको प्रथम महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै आवश्यक परे अख्तियार पदाधिकारीलाई ५ घण्टा नभई ५ वर्ष प्रधानमन्त्री कार्यालयमा बोलाएर सोधपुछ र सल्लाह लिन सकिने भन्दै जवाफ दिएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077