काठमाडौं । सिंहदरबारस्थित संसद भवमा प्रतिनिधि सभाको बैठक जारी छ ।
यद्यपी बैठक विहान ११ बजे सुरु भए पनि प्रतिनिधि सभा बैठक इन्टरनेटको समस्या भएपछि लाइभ गरिएको छैन।
संसद सचिवालयको आइटी शाखा प्रमुख सहसचिव गोपाल सिग्देलले इन्टरनेट डाउन हुँदा लाइभमा समस्या आएको बताएका छन् ।
बैठक सधैं प्रतिनिधि सभाको आफ्नै युट्युवबाट च्यानलबाट लाइभ हुने गरेको थियो।
बैठक लाइभ नहुँदा आम नागरिकले संसदमा भइरहेको गतिविधि हेर्न पाएका छैनन्।
प्रतिनिधिसभाको बैठक आज चार दिन पछि बसेको हो ।यसअघि प्रतिनिधिसभाको बैठक यही असार १४ गते बसेको थियो ।
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३० औँ बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ। त्यसपछि बैठक व्यवस्थापन कार्यतर्फ प्रवेश गर्नेछ । आजको बैठकमा चारवटा विधेयक पारित गर्ने कार्यसूची छ ।