Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले बर्दियाबाट भूमिहीन परिवारलाई लालपुर्जा वितरण सुरु गरिएको बताएकी हुन्।

मन्त्री प्रतिभा रावलका अनुसार दीर्घकालीन रूपमा रहेको समाधान गर्ने पहलस्वरुप २९ भूमिहीन परिवारलाई जग्गा वितरण गरिएको छ ।

7.jpg

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। यससँगै अब स्थानीयले बैंकिङ सेवा, ऋण सुविधा तथा अन्य सरकारी सेवा समेत सहज रूपमा लिन सक्नेछन्।

बर्दियापछि अब तनहुँ, बाँके, झापा र मकवानपुर लगायत जिल्लामा जग्गा वितरण गर्ने तयारी छ । 

मन्त्रालय स्रोतका अनुसार हालसम्म २ लाख बढी सुकुम्बासीको लगत संकलन भइसकेको छ ।

मन्त्री रावलले बर्दियाबाट सुरु भएको लालपुर्जा वितरणलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाइने प्रतिबद्धता जनाएकी छन्।

सरकारले गत जेठ १९ गते उच्च अदालतका पूर्वन्यायाधीश बलभद्र बाँस्तोलाको नेतृत्वमा समिति गठन गरेको गरेको थियो । हाल उक्त समितिले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अर्को उपसमिति गठन गरेको छ । 

यसअघिको भूमि आयोगको तथ्यांकअनुसार देशभर १२ लाख ९ हजार ५८५ सुकुम्वासी छन्  । तर, बितेका ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म ९ हजारले मात्र लालपुर्जा पाएका छन् ।

जसलाई लिएर भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्वासी समस्या समाधान हुन नसकेको टिप्पणी पनि गरेकी थिइन् । हाल सरकारले नयाँ समिति गठन गरेसँगै भूमि आयोग खारेज भइसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077