Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

घरमै बसेर नक्सा र जग्गासम्बन्धी सेवा लिन सकिने ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक

घरमै बसेर नक्सा र जग्गासम्बन्धी सेवा लिन सकिने ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले नापी विभागद्वारा विकसित ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक गरेकी छन् ।

बिहीबार आयोजित विशेष समारोहमा एप सार्वजनिक गर्दै मन्त्री रावलले भूमि प्रशासनलाई थप पारदर्शी, सहज र प्रविधिमैत्री बनाउने दिशामा यो महत्वपूर्ण कदम भएको बताएकी हुन् ।

नयाँ एपमार्फत सेवाग्राहीहरूले अब घरमै बसेर नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकन सेवाका लागि अनलाइन आवेदन दिन सक्नेछन्।

साथै आवश्यक राजस्व भुक्तानी गरी नक्सा, फिल्डबुक र प्लट रजिस्टर डाउनलोड तथा प्रिन्ट गर्ने सुविधा पनि उपलब्ध हुनेछ।

नापी विभागका अनुसार ‘मेरो कित्ता’ एप मोबाइलको प्लेस्टोरबाट डाउनलोड गर्न सकिनेछ भने यसको वेब संस्करण पनि सञ्चालनमा रहेको छ।

एपमार्फत आवेदन दिएपछि सेवाग्राहीलाई ओटीपी उपलब्ध गराइनेछ र सोही ओटीपी तथा मोबाइल नम्बर प्रयोग गरी सेवाको प्रगति र अवस्थाबारे नियमित जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

एपमा सम्बन्धित नापी कार्यालयका प्रमुख तथा सूचना अधिकारीहरूको सम्पर्क विवरण समेत उपलब्ध गराइएको छ, जसले सेवाग्राहीलाई आवश्यक परामर्श र जानकारी प्राप्त गर्न थप सहयोग पुर्‍याउनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077