Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कार्गोमार्फत गहना तस्करीको प्रयास, त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

कार्गोमार्फत गहना तस्करीको प्रयास, त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अमेरिका पठाउन लागिएको सुनचाँदीका गहनासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ४६ वर्षीय यज्ञराज सुवेदी र ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन् । 

विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंगलवार बेलुका कार्गो कम्प्लेक्स भवनमा नियमित जाँचका क्रममा उक्त अवैध सामग्री फेला परेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार एपेक्स लजिस्टिक प्रालिको माध्यमबाट अमेरिका पठाउन लागिएको एउटा कार्गो बाकसलाई एक्स-रे मेसिनमा परीक्षण गर्दा शङ्कास्पद दृश्य देखिएपछि प्रहरीले त्यसलाई खोलेर गहिरो अनुसन्धान गरेको थियो।

उक्त बाकसको भन्सार कागजात (मेनिफेस्ट) मा जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडाहरू मात्र रहेको उल्लेख गरिए पनि भित्र जाँच गर्दा कागजातमा नलुकाइएका ठुलो परिमाणका परम्परागत नेपाली गरगहनाहरू फेला परेका थिए।

बरामद गरिएका गहनाहरूमा २२ थान ठुला र ४४ थान साना नौगेडी, १४ थान २१ गेडी भएका नौगेडी, १६ थान चन्द्रमा, २० थान जन्तर, १८-१८ थान सिङ्गल र डबल ब्रोच रहेका छन्।

त्यसै गरी ५ थान ठुला र २ थान साना शिरफूल, नेपालको झन्डा अङ्कित १६ थान ब्रोच, २३ थान खुकुरी आकारका ब्रोच, १८ थान मङ्गलसूत्र, ३९ थान मोतीमाला, १ थान रानीहार तथा १ थान त्रिशूल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उक्त प्रतिबन्धित र अवैध सामग्रीहरू बौद्धस्थित युनिक कार्गो झापामार्फत एपेक्स लजिस्टिक प्रालिको कार्यालय हुँदै काठमाडौंबाट अमेरिका पठाउने तयारी गरिएको खुलेको छ।

हाल पक्राउ परेका दुवै व्यक्ति र बरामद गहना आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077