Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी सूचना प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर अफवाह फैलाउने दुई जना पक्राउ

सरकारी सूचना प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर अफवाह फैलाउने दुई जना पक्राउ

आइतवार , पौष २०, २०८२

काठमाडौं । सरकारी तथा गैरसरकारी निकायका सूचना प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोले विभिन्न सरकारी वेबसाइट तथा सूचना प्रणाली ह्याकिङ, डाटा ब्रिच र सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह गरेको आरोपमा पर्सा र कपिलवस्तु जिल्लाबाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका निवासी २० वर्षीय सन्तोष मिश्र र कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–६ का १८ वर्षीय विकास पौडेल रहेका छन् ।

उनीहरूलाई मंसिर २८ र पुस १८ गते पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार ती व्यक्तिहरूले CMD Nepal, Nepali for Nepal (NFN) लगायतका वेबसाइटहरूमा अनधिकृत पहुँच पुर्‍याएको, विभिन्न सामाजिक सञ्जालमार्फत भ्रामक तथा गलत सूचना प्रवाह गरेको तथा सरकारी निकायहरूको साइबर सुरक्षामा चुनौती सिर्जना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरूको साथबाट ल्यापटप, एन्ड्रोइड मोबाइल, आइफोन, फिचर फोन, हार्ड ड्राइभ र रिपिटरजस्ता विद्युतीय उपकरणहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

हाल उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमार्फत कानुनी प्रक्रिया अघि बढाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077