Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

पत्रकार खेम भण्डारी पक्राउ

पत्रकार खेम भण्डारी पक्राउ

बिहिवार , आषाढ १८, २०८३

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थित निवासबाट भण्डारीलाई पक्राउ गरेको हो।

कञ्चनपुर प्रहरीका अनुसार जिल्ला अदालत कञ्चनपुरले गालीगलौजसम्बन्धी मुद्दामा २०८२ साल चैतमा भण्डारीलाई १ वर्ष ७ दिन कैद तथा १२ हजार १०० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

उक्त फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077