Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

पूर्व गृहमन्त्री बादललाई कटाक्ष गर्दै एसएसपी विष्टको प्रश्न - पत्रकार खेमलाई कानून लाग्छ कि लाग्दैन ?

कैलाली । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टले कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई कानून लाग्छ कि लाग्दैन भन्दै प्रश्न गरेका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली (हाल नेपालगन्ज) कार्यालयका प्रमुख समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार भण्डारीलाई नियन्त्रणमा लिनुपर्ने माग गरेका हुन् ।

कञ्चनपुरकी बालिका निर्मला बलात्कारपछि हत्या प्रकरणको विषयलाई लिएर विष्टले भण्डारीमाथि प्रहार गरेको हुनसक्ने अनुमान छ । शनिबार मात्रै फेरि निर्मला प्रकरणमा विवादित बनेका पत्रकार भण्डारीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई निर्मला केसमा जोड्दै समाचार प्रकाशन गरेका थिए ।

त्यसपछि एसएसपी विष्ट सामाजिक सञ्जालमार्फत पत्रकार भण्डारीमाथि खनिएका हुन् । उनले बादललाई पनि कटाक्ष गरेका छन् । ‘एउटा पूर्व गृहमन्त्री जसले विनाकारण आफ्नै छोरालाई विवादमा ल्याउँदा प्रतिवाद गर्न सक्दैन भने उसले आफ्नो मातहत कर्मचारीहरुको असल कामको के प्रतिरक्षा गर्न सक्थ्यो होला ?’ विष्टले लेखेका छन् ।

यस्तै उनले अगाडि लेखेको स्ट्याटसमा भनिएको छ, ‘खेम भण्डारीलाई यो राज्यको कानून लाग्छ कि लाग्दैन ? लाग्छ भने नियन्त्रणमा लिएर अनुसन्धान होस्। लाग्दैन भने नागरिकहरुले आफ्नो कानून आफै बनाउनुपर्ने हुन्छ। राज्यको ध्यान जाओस् !’

निर्मला प्रकरणको अनुसन्धानका दौरान विवादित बनेर कारबाहीमा परेपछि अदालतबाट सफाइ पाएका एसपी दिल्लीराज विष्ट पछि बढुवा भएर एसएसपी बनेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077