Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

आइतवार , आषाढ १४, २०८३

काठमाडौं। सरकारले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेश्रो संशोधन) विधेयक २०८३ प्रतिनिधि सभामा प्रस्तुत भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक प्रस्तुत गरेका हुन्।

अर्थमन्त्री वाग्लेका अनुसार सम्पत्ति शुद्धिकरणको विषयमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानूनमा तत्काल संशोधन गर्न आवश्यक भएकाले संसदको अधिवेशन नचलेको अवस्थामा सरकारले अध्यायादेश जारी गरेकोमा अहिले प्रतिस्थापन विधेयक पेश गरिएको हो ।

विधेयकले तस्करी, भन्सार, अन्तःशुल्क, प्रत्यक्ष तथा अप्रत्यक्ष करसम्बन्धी कसुर, धितोपत्र तथा वस्तु बजारमा भित्री कारोबार (इनसाइडर ट्रेडिङ) र बजार हेरफेर, साथै मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय, विनिमय अधिकारपत्र तथा बीमासम्बन्धी कसुरसँग जोडिएका सम्पत्ति शुद्धीकरणका घटनाको अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको छ।

यसअघि संघीय संसदका दुवै सदनको अधिवेशन सञ्चालनमा नरहेका बेला तत्काल कानुनी व्यवस्था आवश्यक परेको भन्दै सरकारले सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको थियो। उक्त अध्यादेश संसदमा पेश भई स्वीकृतसमेत भइसकेको छ।

संविधानअनुसार जारी गरिएको अध्यादेशलाई निरन्तरता दिन त्यसलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश गर्नुपर्ने व्यवस्था रहेकाले सरकारले सोही व्यवस्थाअनुसार प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा दर्ता तथा प्रस्तुत गरेको हो।

यसैगरी बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गरेका छन् 

यस्तै  कानूनमन्त्री सोविता गौतम प्रधानमन्त्रीको तर्फबाट सार्वजनिक खरिद (दोश्रो संशोधन) विधेयक २०८३ र महालेखा परीक्षाको ६३ औँ प्रतिवेदन समेत पेश गरेकी छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077