Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

नेकपाको प्रश्न–अब संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कहिले हुन्छ ?

नेकपाको प्रश्न–अब संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कहिले हुन्छ ?

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले अब संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कहिले हुन्छ ? भनेर संसद्‍मै प्रश्न उठाएको छ । 
नेकपाका प्रमुख सचेतक युवराज दुलालले आजको प्रतिनिधिसभा बैठकमा यस्तो प्रश्न गरेका हुन् । 

उनले प्रतिनिधिसभा नियमावललीको परिच्छेद ९ मा रहेको विषय पढेर सुनाए । जहाँ प्रधानमन्त्रीसँग प्रत्यक्षप्रश्नोत्तर सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने विषय छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था रहेको स्मरण गर्दै उनले सभामुखको ध्यानाकर्षण गरेका हुन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा भनिएको छ–‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’

‘सभामुखले गर्नेछ’ भनेर राखिएको यो बाध्यकारी व्यवस्था हो । केहीगरी तय भएको दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसके लगत्तै बस्ने बैठकमा गर्नुपर्ने भनिएको छ ।

नियम ५६ को उपनियम १ मा अगाडि भनिएको छ–‘तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नेछ ।’ तर, यस्तो प्रावधान जेठ महिनाको हकमा लागू नभएको भनेर संसदमै प्रश्न उठेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077