Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी सांसद दुलालले भने-सरकार एक्सनमा जाओस्, तर स्टन्ट गरेर समय बर्बाद नगरोस्

माओवादी सांसद दुलालले भने-सरकार एक्सनमा जाओस्, तर स्टन्ट गरेर समय बर्बाद नगरोस्

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । नेकपा सांसद युवराज दुलालले संसद् र सरकारको भूमिकाबारे कडा टिप्पणी गरेका छन्। 

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सिन्धुपाल्चोक–२ बाट निर्वाचित सांसद दुलालले संसद्लाई कहिलेकाहीँ ‘गफ गर्ने अखडा’ जस्तो बनाइएको भन्दै आलोचना गरे। उनले संसदमा कानून निर्माण हुने भए पनि बहुमतका आधारमा निर्णय गर्दा ‘पेल्ने’ प्रवृत्ति देखिएको टिप्पणी गरे।

उनले दल त्यागेर जिम्मेवारी लिँदा सत्यको आवाज पनि सुन्नुपर्ने भन्दै संसदमा गम्भीर र सार्थक बहस आवश्यक रहेको बताए।

सोही क्रममा उनले जनजीवनसँग जोडिएका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै बाँदर नियन्त्रणको विषय उठाए। 

उनले भने–‘कि सरकारले हामीलाई लगेर पालोस्, कि त बाँदर नियन्त्रण गरोस् ।’

सांसद दुलालले सरकारलाई प्रभावकारी रूपमा काम गर्न आग्रह गर्दै स्टन्टबाजीमा समय खर्च नगर्न चेतावनी समेत दिए।

उनले भने, ‘संसदबाट बहुमतका आधारमा पेल्ने पनि गरिन्छ। दल त्यागेर गरिमामय जिम्मेवारी लिँदा सत्यको आवाज पनि सुन्नुस्। सरकार एक्सनमा जाओस्, तर स्टन्ट गरेर समय बर्बाद नगरोस्।’

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077