Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

डाइपरमा लुकाएर ब्राउन सुगर तस्करी, चारजना पक्राउ

डाइपरमा लुकाएर ब्राउन सुगर तस्करी, चारजना पक्राउ

शुक्रवार , श्रावण ८, २०८३

झापा । दुई महिने शिशुको डाइपरभित्र लुकाएर भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रमा बिहीबार साँझ करिब ५ः१५ बजे शङ्कास्पद अवस्थामा रहेको अटो जाँच गर्ने क्रममा ब्राउन सुगर बरामद भएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ नम्बरको अटो जाँच गर्दा शिशुले लगाएको डाइपरभित्र प्लास्टिकले पोका पारेर लुकाइएको अवस्थामा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा अटो चालक भारतको किसनगञ्ज वडा नं. १२ घर भई हाल झापाको बिर्तामोड नगरपालिका–५ मा बस्दै आएका ३० वर्षीय मोहित आलम, उनकी ३२ वर्षीया श्रीमती जेनेतुन खातुन, दुई महिनाका उनीहरूकै छोरा र अटोमा सवार ३८ वर्षीय मोहम्मद तजरुल रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट प्लास्टिकसहित ९ ग्राम ८५ मिलिग्राम तथा प्लास्टिक हटाउँदा ८ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।

वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले नियन्त्रणमा लिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077