Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

२३ वर्षअघि म्याग्दी कारागारबाट फरार कर्तव्य ज्यान मुद्धाका अभियुक्त पक्राउ

२३ वर्षअघि म्याग्दी कारागारबाट फरार कर्तव्य ज्यान मुद्धाका अभियुक्त पक्राउ

शुक्रवार , श्रावण ८, २०८३

म्याग्दी । तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा म्याग्दी कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका अभियुक्त गुनबहादुर पुर्जा दुई दशकभन्दा बढी समयपछि पक्राउ परेका छन्।

रघुगंगा गाउँपालिका–४ दग्नामका ४५ वर्षीय पुर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले शुक्रबार बिहान गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार विक्रम संवत् २०६० साल चैत ७ गते म्याग्दी आक्रमणका क्रममा पुर्पक्षका लागि जिल्ला कारागार म्याग्दीमा रहेका पुर्जा फरार भएका थिए।

जिल्ला अदालत म्याग्दीले उनलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो। जेलबाट फरार भएपछि उनले १९ वर्ष ७ महिना कैद सजाय अझै भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले पुर्जालाई रघुगंगा गाउँपालिका–४ बाट करिब ५ किलोमिटर टाढा लेकमा रहेको गोठमा लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पुर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077