Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रहरी इन्स्पेक्टरको माग संख्या थप, अब २९ जना भर्ना गरिने

प्रहरी इन्स्पेक्टरको माग संख्या थप, अब २९ जना भर्ना गरिने

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताबाट पदपूर्ति गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको माग सङ्ख्या बढाएको छ ।

यसअघि प्रकाशित विज्ञापनमा ८ सिट थपिएसँगै अब कुल २९ जना इन्स्पेक्टर खुला प्रतिस्पर्धाबाट भर्ना गरिने भएको हो ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा थप गरिएको यो पद सङ्ख्या सम्मानित सर्वोच्च अदालतको परमादेश कार्यान्वयनका लागि समायोजन गरिएको हो।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० मा समावेशी समूहअन्तर्गत समावेश हुनुपर्ने तर छुटेका वास्तविक पदहरूको क्षतिपूर्ति स्वरूप ८ पद थप गरिएको हो।

सर्वोच्च अदालतको आदेशअनुसार ती पदहरूलाई हालको विज्ञापनमा समेटिएको जनाइएको छ।

754872552_1367840275412761_1572264095942913907_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077