Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

अख्तियारबाट डीआईजी खनाल पनि हेडक्वार्टर फिर्ता, पौडेललाई पठाइयो

अख्तियारबाट डीआईजी खनाल पनि हेडक्वार्टर फिर्ता, पौडेललाई पठाइयो

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनाललाई पनि फिर्ता बोलाइएको छ ।

उनलाई अवधि नपुग्दै गृहमन्त्री स्तरको निर्णय भन्दै प्रहरीप्रधान कार्यालयले कार्य विभागमा सरुवा गरेको हो । उनको स्थानमा कार्य विभाग कार्य निर्देशनालयमा कार्यरत अरुण पौडेललाई पठाइएको छ । 

यसअघि एसपी एसपी मोहन थापासहित एक दर्जन भन्दाबढी प्रहरी अधिकारीहरुलाई फिर्ता बोलाइएको थियो ।  एसपी थापाको स्थानमा युएन शाखाका एसपी सुधिरराज शाहीलाई खटाइएको छ । 

एसपी थापासँगै डीएसपीहरु उमेश लम्साल, मदनजित महरा, गौतम थापा, दिपक कुमार कार्की र भिम खड्का अख्तियारबाट तानिएका हुन् । 

त्यसैगरी इन्स्पेक्टरहरु ज्ञानमन्जरी शर्मा, हिमबहादुर केसी, किशोर केसी, सुजन पाठक, रामजी देवकोटा, फुलमाया घिसिङ, साकारराज पन्त, श्यामसुन्दर पाठक र उमेश श्रेष्ठ लगायतको प्रहरी टोली पनि अख्तियारबाट फिर्ता भएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077