Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

‘सोलो राइडर’ शीतल गिरी ट्राफिक कारबाहीमा, तिराइयो ५०० जरिवाना

‘सोलो राइडर’ शीतल गिरी ट्राफिक कारबाहीमा, तिराइयो ५०० जरिवाना

शुक्रवार , आषाढ १९, २०८३

बाजुरा । चर्चित महिला ‘सोलो राइडर’ शीतल गिरी ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेकी छन् ।

सुदूरपश्चिम भ्रमणका क्रममा बाजुरा पुगेकी गिरीले मोटरसाइकल चलाइरहेको अवस्थामा लापरबाहीपूर्ण ढंगले भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो।

शुक्रबार बिहान गिरीले आफ्नै फेसबुकमार्फत सार्वजनिक गरेको भिडियोमा उनी एक हातले मात्रै मोटरसाइकलको ह्यान्डल समातेको र अर्को हातले गीतअनुसार अभिनय गरिरहेको देखिन्छ।

सवारी चलाउँदा आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्थामा उनले जोखिमपूर्ण शैली अपनाएको भिडियोबाट स्पष्ट देखिन्छ।

भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक अनुसन्धान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराका अनुसार प्रहरी हवल्दार पदमसिंह धामी नेतृत्वको टोलीले गिरीलाई ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा ५०० रुपैयाँ जरिवाना गरेको हो । तर उनले आफ्नो फेसबुकबाट भने उक्त भिडियो हटाएकी छैनन् । 

अस्ति मात्रै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हेल्मेट नलगाएर मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएको थियो ।

सो भिडियो भाइरल भएपछि कैलाली ट्राफिक प्रहरीले हिजो कारबाही गर्दै मुख्यमन्त्री शाहलाई पाँच सय जरिवाना गराइएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077