Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

मुख्यमन्त्रीपछि अब ‘राइडर’ शीतल गिरी पनि ट्राफिकको फन्दामा, कारबाहीको तयारी

मुख्यमन्त्रीपछि अब ‘राइडर’ शीतल गिरी पनि ट्राफिकको फन्दामा, कारबाहीको तयारी

शुक्रवार , आषाढ १९, २०८३

बाजुरा । चर्चित महिला 'सोलो राइडर' शीतल गिरीले ट्राफिक नियम उल्लंघन गरेकी छन् । सुदूरपश्चिम भ्रमणका क्रममा बाजुरा पुगेकी गिरीले ट्राफिक नियम उल्लंघन गरेको भिडियो सार्वजनिक गरेकी हुन् ।

उनले शुक्रबार बिहान आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको भिडियोमा एक हातले मोटरसाइकलको ह्यान्डल र अर्को हातले गीतमा अभिनय गरेको देख्न सकिन्छ । उनले लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाएको भोडियोमा प्रस्ट छ ।

'बोली छ तम्री मिठि मिठि मोहनी लगाउने' डेउडा गितमा उनले बाइकमै चढेर भिडियो बनाएकी हुन् । एक हातले मोटरसाइकल चलाएकी उनले अर्को हातले भने गितको बोल अनुसार अभिनय गरेको देख्न सकिन्छ ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले उनलाई कारबाहीको तयारी थालेको छ ।  बाजुराका ट्राफिक प्रमुख असई धनीदत्त जोशीले उनको खोजी जारी रहेको बताउँदै कानुनबमोजिम कारबाही गरिने बताए ।

नियमअनुसार पहिलो पटकको गल्ती भए ५०० रुपैयाँ, दोस्रो पटक भए १,००० रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी भए १,५०० रुपैयाँ जरिवाना बेहोर्नुपर्नेछ । 

अस्ति मात्रै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हेल्मेट नलगाएर मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएको थियो ।

सो भिडियो भाइरल भएपछि कैलाली ट्राफिक प्रहरीले हिजो कारबाही गर्दै मुख्यमन्त्री शाहलाई पाँच सय जरिवाना गराइएको थियो ।

यस्तै केही हप्ता अगाडि एक हातले सवारी साधनको ह्यान्डल र अर्को हातले मोबाइल फोन समातेर 'भिडियो लाइभ' गरेका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङलाई पनि कारबाही गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077