Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निहारिका र विनुलाई पाँच दिन हिरासतमा राख्न अनुमति

निहारिका र विनुलाई पाँच दिन हिरासतमा राख्न अनुमति

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । घरेलु हिंसाबाट पीडित भएको दाबी गर्दै न्यायको मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका निहारिका राजपुत र विनु यादवलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

बिहीबार बिहान प्रधानमन्त्री कार्यालय पुगेका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न आवश्यक रहेको भन्दै प्रहरीले हिरासत अनुमति मागेको थियो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले उनीहरूलाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।

प्रहरीले पक्राउ गरेपछि दुवैलाई महानगरीय प्रहरी प्रभाग, मालीगाउँमा राखिएको छ।

उनीहरू केही दिनयता सिंहदरबारको मुख्य प्रवेशद्वार बाहिर धर्ना दिँदै घरेलु हिंसाको घटनामा न्यायको माग गरिरहेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077