Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

गृह मन्त्रालय प्रवेश गर्न खोज्दा निहारिका र बिनुलाई प्रहरीले रोक्यो, घन्टी बजाएर प्रदर्शन

गृह मन्त्रालय प्रवेश गर्न खोज्दा निहारिका र बिनुलाई प्रहरीले रोक्यो, घन्टी बजाएर प्रदर्शन

शनिवार , श्रावण २, २०८३

काठमाडौं । ‘कुमारी आमा’का रूपमा परिचित निहारिका राजपुत र घरेलु हिंसापीडित बिनु यादवलाई गृह मन्त्रालय प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ।

शनिबार आफ्ना माग र समस्याबारे सम्बन्धित निकायसँग छलफल गर्न सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका उनीहरूलाई प्रहरीले मन्त्रालयभित्र जान दिएको थिएन।

प्रवेशमा रोक लगाएपछि उनीहरूले गृह मन्त्रालयको मूल गेटमै घन्टी बजाउँदै सरकारविरुद्ध विरोध प्रदर्शन गरेका थिए।

केहीबेर सडकमै बसेर प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको थियो।

राजपुत र यादव विगत केही दिनदेखि आफ्ना माग सम्बोधनको माग गर्दै सिंहदरबारको मूल गेटअघि धर्ना दिँदै आएका छन्।

यसअघि असार २९ गते पनि गृह मन्त्रालयमा आफ्ना समस्या राख्न सिंहदरबार प्रवेश गर्न खोजेकी निहारिका र बिनु लाई प्रहरीले रोकेको थियो।

उनीहरूले सांसदमार्फत प्रवेश पासको व्यवस्था भएको दाबी गरे पनि प्रहरीले माथिल्लो निकायको निर्देशन भन्दै प्रवेश गर्न दिएको थिएन।

प्रहरीले उनीहरूलाई सिंहदरबारभित्र जान नदिएपछि उनीहरूले दक्षिण गेटमै वर्षामा भिज्दै धर्ना दिएका थिए। बिनु सडकमै सुतेर विरोधमा उत्रिएकी थिइन् भने निहारिका सानो बच्चा च्यापेर गेटमै बसेकी थिइन्।

पछि आवश्यक समन्वयका लागि दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबार पठाइएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077