Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

विष्णु पौडेल छुटेपछि रास्वपा सांसद भन्छन्-  न्यायालयबारे निर्मम समीक्षा गर्ने बेला आयो

विष्णु पौडेल छुटेपछि रास्वपा सांसद भन्छन्-  न्यायालयबारे निर्मम समीक्षा गर्ने बेला आयो

शनिवार , श्रावण २, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला आइसकेको बताएका छन्।

विशेष अदालतले नेकपा एमालेका नेता विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै न्यौपानेले यस्तो टिप्पणी गरेका हुन्।

'न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ यस कर्मलाई जति ढिला गर्‍यो त्यति नै अकल्पनीय ढिला भएको महसुस हुन सक्ने परिस्थिति बन्न सक्छ,'  सांसद न्यौपानेले लेखेका छन् ।

विगतका केही शृंखलाबद्ध घटनाक्रमले न्यायालयको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले यो काममा ढिलाइ गर्दा थप जटिल परिस्थिति सिर्जना हुन सक्ने चेतावनी दिएका छन्।

उनले राज्यका सबै निकायले परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै त्यसपछि मात्रै देश परिवर्तन सम्भव हुने बताएका छन्। साथै, आफ्नो धारणा आवेगमा नभई गम्भीर समीक्षा र निष्कर्षका आधारमा आएको पनि स्पष्ट पारेका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार पूर्व अर्थमन्त्री पौडेल विरुद्ध  विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको थियो। विभागले पौडेलविरूद्ध २० करोड ९० लाख बिगो मागदाबी लिएको थियो।  तर, शुक्रबार थुनछेक बहसपछि अदालतले उनलाई मुद्दाको पुर्पक्षको लागी पौडेललाई साधारण तारेखमा राख्न आदेश गरेको हो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077