Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु

शुक्रवार , श्रावण १, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बयान विशेष अदालतमा सुरु भएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासमा पौडेलको बयान लिने प्रक्रिया जारी रहेको अदालत स्रोतले जनाएको छ।

आजै विशेष सरकारी वकिल कार्यालयले पौडेलसहितका प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग दर्ता गरेपछि अदालतले प्रारम्भिक कानुनी प्रक्राअन्तर्गत बयान लिन थालेको हो। बयान सकिएपछि इजलासले थुनछेकलगायत थप कानुनी प्रक्रिया अघि बढाउनेछ।

बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीकरण प्रकरणमा मतियारको भूमिका खेलेको आरोप लगाउँदै पूर्वअर्थमन्त्री पौडेलसहित १६ जना तथा १० वटा कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले सार्वजनिक गरेको सूचनाअनुसार पौडेलमाथि २० करोड ९० लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको आरोप लगाइएको छ।

 विभागले उनको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँसमेत जफत गर्न मागदाबी गरेको छ।

सम्पत्ति शुद्धीकरण कसुरमा असार ८ गते पौडेल सुर्खेतबाट पक्राउ परेका थिए ।

सम्पत्ति शुद्धीकरण विभागले पौडेलविरुद्ध पदको दुरुपयोग गरेर हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पाचौँ पटक म्याद थप अनुसन्धान गरेको थियो ।

सोही अनुसन्धान प्रतिवेदनका आधारमा विशेष अदालतमा अभियोगपत्र दर्ता गरिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077