Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

सोमवार , आषाढ १५, २०८३

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका पौडेललाई यस्तो अनुमति दिएको हो ।

उनलाई असार ८ गते सुर्खेत बाट पक्राउ गरिएको थियो ।

अदालतले त्यसबेला ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

त्यो म्याद असार १४ गते सकिएपछि अदालतले अहिले थप ३ दिनको म्याद दिएको हो ।

पदको दुरुपयोग गरेर हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077