Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

विष्णु पौडेललाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा रिट

विष्णु पौडेललाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा रिट

बुधवार , आषाढ १०, २०८३

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी ढंगले थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेल पत्नीले दायर गरेको रिटमा राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकाले रिहाइको आदेश माग गरिएको छ । उक्त रिटमा बिहीबार सुनुवाइका लागि पेसी तोकिएको छ ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई  सोमबार पक्राउ गरिएको थियो ।

पक्राउपछि सोमबार राती नै काठमाडौंका लागि हिँडाइएका पौडेललाई सार्वजनिक सवारीसाधनमार्फत आज मध्यान्न १२ः१५ बजे आसपास विभागमा पुर्‍याइएको थियो ।

पौडेललाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

पौडेलमाथि विशेष अदालतबाट मंगलबार सात दिनको थुना म्याद थप भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077