काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ।
पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई विभागले २० दिन थुनामा राखेर अनुसन्धान गर्न मागसहित मंगलबार अदालत उपस्थित गराएको हो ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सोमबार पक्राउ गरिएको थियो ।
पार्टी कार्यक्रमको शिलशिलामा सुर्खेत पुगेका पौडेललाई विभागको टोलीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो ।
पक्राउपछि सोमबार राती नै काठमाडौंका लागि हिँडाइएका पौडेललाई सार्वजनिक सवारीसाधनमार्फत आज मध्यान्न १२ः१५ बजे आसपास विभागमा पुर्याइएको थियो ।।
त्यसपछि सरकारी वकिलले उनलाई हिरासतमा राख्न विशेष अदालतमा म्याद थप प्रयोजनार्थ पेस गर्नुपर्ने कानुनी प्रावधान छ ।
सोही अनुसार विभागले पौडेललाई यसअघि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो ।
अहिले अदालतमा म्याद थपका लागि सरकारी वकिलहरूले र पौडेलपक्षका वकिलहरूले बहस गरिरहेका छन् ।