काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ।
पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई माइतीघरस्थित विशेष सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो।
सोमबार पार्टी कार्यक्रमको शिलशिलामा सुर्खेत पुगेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो ।
पक्राउपछि सोमबार राती नै काठमाडौंका लागि हिँडाइएका पौडेललाई सार्वजनिक सवारीसाधनमार्फत आज मध्यान्न १२ः१५ बजे आसपास विभागमा पुर्याइएको थियो ।
सरकारी वकिलले उनलाई हिरासतमा राख्न विशेष अदालतमा म्याद थप प्रयोजनार्थ पेस गर्नुपर्ने कानुनी प्रावधान छ।
सोही अनुसार पौडेललाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।