Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

सुदूरपश्चिम प्रहरीमा अब सेटिङमा हुने काज सरुवा बन्द, विवादित ४४४ जनाको सरुवा रद्द

सुदूरपश्चिम प्रहरीमा अब सेटिङमा हुने काज सरुवा बन्द, विवादित ४४४ जनाको सरुवा रद्द

मंगलवार , आषाढ ९, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले प्रहरी संगठनभित्र लामो समयदेखि आलोचित बन्दै आएको पहुँच, भनसुन र आर्थिक चलखेलका आधारमा हुने काज सरुवा प्रणालीमा कडाइ गरेका छन् ।

हालै सुदूरपश्चिम प्रहरीको कमाण्ड सम्हालेका उनले अबदेखि कुनै पनि काज सरुवा स्पष्ट कारण, प्रमाण र सम्बन्धित कार्यालय प्रमुखको सिफारिस बिना नहुने नयाँ व्यवस्था लागू गर्न लागेका हुन् ।

डीआईजी भट्टराईले तत्कालीन नेतृत्वको कार्यकालमा आर्थिक लाभका लागि गरिएको भनिएका सिपाहीदेखि वरिष्ठ सईसम्मका अस्वाभाविक काज सरुवाहरू बदरसमेत गरेका छन् ।

उनका अनुसार अब काज सरुवा माग गर्ने प्रहरी कर्मचारीले आफ्नो समस्या र कारण प्रमाणसहित पेश गर्नुपर्नेछ । सो आधारमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिस अनिवार्य हुनेछ । त्यसपछि मात्र प्रदेश प्रहरी कार्यालयले आवश्यक अध्ययनपछि निर्णय गर्ने उनले बताए । 

उनले मातहतका जिल्ला तथा प्रहरी इकाइ प्रमुखहरूसँग भर्चुअल बैठक गर्दै नयाँ निर्देशन कार्यान्वयन गर्न निर्देशन दिएका छन्। 

सुदूरपश्चिम प्रहरीभित्र भनसुन, पहुँच र बिचौलियाको प्रभावमा काज सरुवा हुने गरेको गुनासो रहँदै आएको थियो। विशेषगरी तत्कालिन प्रदेश प्रहरी प्रमुख ओमबहादुर रानाले आफू सरुवा भएपछि ४४४ जना प्रहरी कर्मचारीको काज सरुवा गरिएको विषय विवादमा परेको थियो ।

उक्त सरुवामा धनगढीका व्यवसायी तथा बिचौलियामार्फत रकम असुली गरिएको आरोपसमेत लाग्दै आएको छ। प्रहरी प्रधान कार्यालयको निर्देशनपछि डीआईजी भट्टराईले ती सबै काज सरुवाहरू बदर गरिसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077