Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कतारको रस लाफान ग्यास प्लान्टमा विष्फोट : नेपालीसहित दर्जनौँ घाइते, १३ को मृत्यु

कतारको रस लाफान ग्यास प्लान्टमा विष्फोट : नेपालीसहित दर्जनौँ घाइते, १३ को मृत्यु

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रभित्र रहेको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको भीषण विष्फोटमा नेपाली नागरिकसहित विभिन्न देशका श्रमिकहरू घाइते भएका छन् ।

उक्त घटनामा हालसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा १२ भारतीय र एक पाकिस्तानी नागरिक रहेका छन्। साथै, ६६ जनाभन्दा बढी घाइते भएका छन्।

घाइते हुनेहरूमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरू रहेको जनाइएको छ। उनीहरूको उपचार जारी छ भने घाइतेहरूको विस्तृत नामावली सार्वजनिक गरिएको छैन।

घटनाबारे जानकारी कतारका ऊर्जा मन्त्री साद अल–काबीले सोमबार दिएका हुन्। उनले सबै घाइतेहरूको अवस्था स्थिर रहेको र आवश्यक उपचार भइरहेको बताएका छन्।

दोहास्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत १२ भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै कतारी अधिकारीहरूको हवाला दिँदै घाइतेहरूको अवस्था सामान्य रहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077