काठमाडौं । नेपालका फाइटर रविन्द्र ढाँटले फिलिपिन्सका किम्मबट अलिन्टोजोनलाई पराजित गरेपछि ब्रदर हुड एशोएिसन मकाउ, लालिगुँरास एशोसियनस हङकङ र एनआरएनए मकाउले मकाउले उनको भव्य सम्मान गरेको छ ।
ढाँटले मे २८ मा फिलिपिन्सका अलिन्टोजोनलाई दोस्रो राउण्डमै नकआउट गर्दै यूएफसी छनौटको सेमिफाइनलमा पुगेका थिए ।
सोही दिन राती मकाउको रेड हाउस क्लवमा उनलाई यी संस्थाहरुले भव्य सम्मान गरेका हुन् ।

त्यसक्रममा संकलन भएको लगभग ६ लाख ५० हजार नेपाली रुपैयाँ रविन्द्र ढाँटका मेनेजर अञ्जना गुरुङलाई हस्तान्तरण गरिएको लालिगुराँस एशोसिएसन हङकङका पदाधिकारीले जानकारी दिएका छन् ।