Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

मुलुकको भविष्य युवाहरूको सोच, ऊर्जा र क्षमतामा निर्भर रहन्छ : राष्ट्रपति पौडेल

मुलुकको भविष्य युवाहरूको सोच, ऊर्जा र क्षमतामा निर्भर रहन्छ : राष्ट्रपति पौडेल

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको भविष्य युवाहरूको सोच, ऊर्जा र क्षमतामा निर्भर रहने बताएका छन् ।

युवा मस्तिष्कको नवीन सोच र इन्जिनियरहरूको प्राविधिक कौशललाई एकीकृत गरी अघि बढे मात्र समृद्ध नेपालको सपना साकार हुने उनले उल्लेख गरेका हुन् । 

राष्ट्रपति पौडेलले विकासको अवधारणा केवल भौतिक निर्माणमा मात्र सीमित नभई जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्नेमा जोड दिए ।

विकासको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्ने उल्लेख गर्दै उनले देशको इतिहास, भूगोल, संस्कृति र जातीय विविधतालाई विर्सन नहुने बताए ।  

वर्तमान समयको माग र नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्न उत्पादन, रोजगारी र आर्थिक क्रियाकलापलाई तीव्र रूपमा अघि बढाउनु आवश्यक रहेको उनको भनाइ छ ।

नेपालको भौगोलिक जटिलता र जलवायु परिवर्तनको जोखिमलाई औँल्याउँदै राष्ट्रपतिले दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको बताए । 

नेपालमा बनेका सडक, पुल र जलविद्युत आयोजनाहरू प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्ने र समग्र विकास हरित विकासको सिद्धान्तमा आधारित हुनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077