काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो जाँदा मुग्लिन- नारायणगढ सडक अवरुद्ध बनेको छ।
फिस्लिङको पानीधारा र चुमखोलामा गएराति पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध भएको हो। आज बिहान २ः२० बजे पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको हो हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ९ः०० बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए।
अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ।