Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

जलविरेमा दुई बस ठोक्किँदा मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

जलविरेमा दुई बस ठोक्किँदा मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

आइतवार , श्रावण ३, २०८३

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको जलविरे क्षेत्रमा आइतबार बिहान दुई यात्रुवाहक बस एकापसमा ठोक्किँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ७:१५ बजे भएको दुर्घटनापछि उक्त सडकखण्डमा दुवैतर्फको सवारी आवागमन प्रभावित भएको हो।

दुर्घटनापछि प्रहरी र सम्बन्धित निकायको टोली घटनास्थलतर्फ खटिएको छ भने सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ।

यसअघि निरन्तर वर्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनको निर्णयअनुसार शनिबार राति १० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।

आइतबार बिहान उक्त प्रतिबन्ध हटाएर सवारी सञ्चालन सुरु गरिएको केही समयमै जलविरेमा दुर्घटना भएपछि सडक पुनः अवरुद्ध भएको हो।

दुर्घटनाको कारण, घाइते तथा क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077