Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

आइतवार , श्रावण ३, २०८३

रुकुम पूर्व । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ः३० बजे रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का रुकुम पूर्वसहित रोल्पा, दाङ, अर्घाखाँचीलगायत आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ। स्थानीयले केहीबेर कडा धक्का महसुस गरेको बताएका छन्।

भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।

सम्बन्धित निकायले क्षतिको अवस्था बुझ्ने काम गरिरहेको जनाएको छ।

यसअघि जुम्लाको टम्टी आसपास केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077