Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

जापानको उत्तर–पूर्वी तटनजिक गयो ६.१ म्याग्निच्युडको भूकम्प

जापानको उत्तर–पूर्वी तटनजिक गयो ६.१ म्याग्निच्युडको भूकम्प

आइतवार , आषाढ १४, २०८३

एजेन्सी । जापानको उत्तर–पूर्वी तटनजिक आइतबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रविन्दु इवाते प्रान्तको तटीय समुद्री क्षेत्रमा रहेको थियो ।

भूकम्प स्थानीय समयअनुसार बिहान ७ः२५ बजे गएको हो । यसको केन्द्रविन्दु जमिनको सतहबाट करिब ४० किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पको धक्का इवातेसहित आओमोरी र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो ।

जापान मौसम विज्ञान एजेन्सीले भूकम्पपछि कुनै पनि प्रकारको सुनामीको चेतावनी जारी नगरेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077