उदयपुर । उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते भएका छन् ।
शनिबार जिल्लाको कटारी नगरपालिका १ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा ना. १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा ७ जना घाइते भएका हुन् ।
घाइते हुनेमा कटारी नगरपालिका २ गुराँसे बस्ने ६० वर्षीय शेरबहादुर थापा, सोही स्थान बस्ने ५० वर्षीया सुनिता थापा, २३ वर्षीया जेनी श्रेष्ठ, ४८ वर्षीया सिता श्रेष्ठ, ३९ वर्षीया यशोदा खड्का, ४० वर्षीया कृजा थापा र ४० वर्षीय कुलबहादुर अधिकारी रहेका छन् ।
शेरबहादुर थापा र सुनिता थापाको मिर्चैयास्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ भने अन्य पाँच जनाको मिर्चैयास्थित विष्णु क्लिनिकमा उपचार भइरहेको छ ।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि टिपर चालक कटारी नगरपालिका २ ददरिया बस्ने २३ वर्षीय राजेश दनुवार फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।