Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु

आइतवार , चैत्र ८, २०८२

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका-७ मा शनिबार साँझ भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको छ। 

गम्भीर घाइते तानसेन नगरपालिका-१० का ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या थपिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीका अनुसार यसअघि अर्घाखाँचीको शीतगंगा नगरपालिका-४ का चालक २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह नगरपालिका-२ का २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको थियो। 

शनिबार रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको टिपर सडकबाट १०० मिटर तल खसेको थियो ।

उपचारका क्रममा तीन जनालाई अस्पताल पुर्‍याउनासाथ मृत घोषणा गरिएको थियो भने चिदीको भैरहवामा मृत्यु भएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077