Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया स्थगन गर्न साउदीलाई आग्रह

नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया स्थगन गर्न साउदीलाई आग्रह

शनिवार , आषाढ १३, २०८३

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सिप प्रमाणीकरण (एसभीपी) प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन् ।

नेपालका लागि साउदीका राजदूत फहद मोहम्मद ए मनिकरसँगको शिष्टाचार भेटका क्रममा मन्त्री यादवले नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका हुन् ।

सिप प्रमाणीकरण प्रक्रियाका कारण नेपाली श्रमिकहरूको भिसा प्रक्रिया प्रभावित नगरिदिन पनि राजदूत मनिकरसँग अनुरोध गरेको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

‘साउदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरू सिप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै मन्त्री यादवले श्रमिकहरूको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न आग्रह गरेको सचिवालयले जनाएको छ ।

 साथै मन्त्री यादवले सिप प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित सबै विषयहरू द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिए ।

त्यसपछि राजदूतले साउदी सरकारसँग आवश्यक परामर्श पश्चात यस सम्बन्धमा थप जानकारी उपलब्ध गराइने जानकारी गराए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077