Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सहायक सिडिओको खानामा शङ्खे किरा भेटिएपछि...

सहायक सिडिओको खानामा शङ्खे किरा भेटिएपछि...

शुक्रवार , आषाढ १२, २०८३

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२ स्थित रोयल कटेज रेस्टुरेन्टलाई  जिल्ला अनुगमन समितिले ५० हजार जरिवाना गरेको छ । 

बर्दघाट नगरपालिकाका वडाहरुलाई बालमैत्री घोषणाका लागि अनुगमनमा निस्किएको सहायक सिडिओ नेतृत्वको टोली अनुगमनपश्चात् उक्त होटलमा खान गएका थियो । 

खाना खाने क्रममा सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी खानामा शङ्खे किरा भेटिएको थियो ।

त्यसपछि होटलमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो । अनुगमनको क्रममा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लंघन गरेको, होटलमा प्रयोग भएको सामग्रीसमेत अस्वस्थकर भेटिएपछि जरिवाना गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सहित  घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमन टोलीले तत्काल अनुगमन गरेर  ५० हजार जरिवाना र आगामी दिनमा यस्तो गल्ती नगर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

केहीदिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनको क्रममा गृहमन्त्री सुधन गुरुङसहितको टोलीले चितवनको एक होटलमा अम्लेट खाँदा माछाको काँडा भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं. १० मा सञ्चालित ‘लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालि’ लाई ३लाख नगद जरिवानासहित कारबाही गरेको थियो । यसैगरी उक्त होटलबाट दुई कुकुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

उक्त विषय सेलाउन नपाउँदै पश्चिम नवलपरासीमा पनि यस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077