Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रञ्जु दर्शनाले पनि महामन्त्रीबाट फिर्ता लिइन् उम्मेदवारी, विपिनलाई समर्थन

रञ्जु दर्शनाले पनि महामन्त्रीबाट फिर्ता लिइन् उम्मेदवारी, विपिनलाई समर्थन

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् ।

रास्वपा महामन्त्री पदमा विपिन आचार्यलाई समर्थन जनाउँदै दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।

यसअघि महामन्त्री पदबाट राजु पाण्डे, गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी र जगदीश खरेलले पनि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका थिए । 

त्यसअघि शिशिर खनालले पनि महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका थिए। 

उम्मेदवारी फिर्ता लिएका उनीहरुले पनि महामन्त्रीका उम्मेदवार विपिनकुमार आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

अब महामन्त्रीमा मनिष झा, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ ।

रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा जारी छ ।

पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएपछि बाँकी पदाधिकारी चयनका लागि दोस्रो चरणको लागि मतदान जारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077