एजेन्सी । उत्तर प्रदेश राज्यको राम मन्दिरमा चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ परेका छन् ।
बिहीबार जारी गरिएको सरकारी विज्ञप्तिमा भारतीय प्रहरीले मन्दिरका कर्मचारीसहित आठ जनालाई पक्राउ गर्दै चन्दा वितरणमा अनियमितता भएको आरोपमा आपराधिक मुद्दा दर्ता गरेको हो ।
तीमध्ये अधिकांश नगद र भक्तले दान गरेको सुन र चाँदीसहितका बहुमूल्य वस्तु गणना वा व्यवस्थापन गर्नमा संलग्न रहेको मिडियाले रिपोर्ट गरेका छन् ।
मिडिया रिपोर्टले चोरीमा दुई करोड डलरभन्दा बढीको अपचलन भएको हुन सक्ने बताएका छन् । पक्राउ परेका माथि आपराधिक विश्वास घात, चोरी, आपराधिक षड्यन्त्र र भ्रष्टाचारको आरोप लगाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस विषयलाई हेर्ने विशेष अनुसन्धान टोली गठन गरेको र कुनै पनि दोषी व्यक्तिलाई नछोडिने प्रतिवद्धता व्यक्त गरेका छन् ।