Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

भेनेजुएला भूकम्प अपडेट: मृत्यु हुनेको संख्या १६४ पुग्यो, ९७१ घाइते

भेनेजुएला भूकम्प अपडेट: मृत्यु हुनेको संख्या १६४ पुग्यो, ९७१ घाइते

बिहिवार , आषाढ ११, २०८३

एजेन्सी । भेनेजुएलामा भूकम्पमा परि मृत्यु हुनेको संख्या १६४ पुगेको छ। 

कार्यवाहक राष्ट्रपति डेल्सी रड्रिगेजका अनुसार भूकम्पमा परी ९ सय ७१ जना घाइते भएका छन्। 

भूकम्प स्थानीय समयअनुसार साँझ ६ः०४ बजे नेपाली समय अनुसार (विहीबार बिहान ३ः४९ बजे) आएको थियो । 

 ४० सेकेण्डको अन्तरालमा ७.२ र ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो।

यसलाई शताब्दीयताकै ठूलो भूकम्प मानिएको छ। भूकम्पपछि अग्ला भवनहरु भत्किएका थिए। यसको धक्का छिमेकी देश कोलम्बियाको बोगोटासम्म महसुस गरिएको थियो ।

दर्जनौँ भवनहरु भत्किएको कार्यवाहक राष्ट्रपति रड्रिगेजलाई उद्धृत गर्दै एपीले जनाएको छ। 

राजधानी क्षेत्रमा उद्धारकर्मीहरू भग्नावशेषभित्र जीवित बाँचेकाहरूको खोजी गरिरहेका बीबीसीले जनाएको छ ।

राजधानी कराकासका धेरै भवनमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने मेट्रो सेवा पूर्ण रूपमा बन्द गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत र १ लाखभन्दा बढी मृत्यु हुने सम्भावना ३० प्रतिशत रहेको आकलन गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077